

रुपन्देही : गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले पहिलो पटक अग्रता लिएका छन्।

रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा खाण र बोहोरा दुई गठबन्धनबाट चुनावी मैदानमा छन्। नेकपा एमाले, जसपाको तालमेलमा प्रतिस्पर्धामा रहेका राप्रपाका नेता बोहाराले प्रतिस्पर्धीलाई मतगणनामा पहिलोपटक उछिनेका हुन्।
पछिल्लो मत परिणामअनुसार बोहोराले ४१७० मत ल्याउँदा खाणको ३९१९ आएको छ।

Views: 213

