Aamsanchar

झापामा हाल सम्म १० मुनी मत प्राप्त गर्ने प्रतिनिधिसभाका उम्मेदवारहरू 

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले प्राप्त गरेको पत परिणामहरू आई रहेको छ ।

झापाका सबै क्षेत्रमा २० हजार माथि भोट गणना भई सकेको छ । जसमा झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा अगाडि रहेका छन् । झापा २ मा  एमालेका देवराज घिमिरे, झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेन, झापा ४ मा एमालेका एलपी साँवा र ५ मा एमालेकै केपी शर्मा ओली अग्रस्थानमा रहेका छन् ।

त्यस्तै हाल सम्म १० भन्दा मुनी  मत प्राप्त गर्ने उम्मेदवारहरूको संख्या धेरै रहेको छ ।  

झापा १ मा अहिले सम्म तिन जनाले १० भन्दा कम मत प्राप्त गरेका छन् । जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला (९), राष्ट्रिय जनमुक्तिका चित्रहाङ जबेगु (६), स्वतन्त्र केन्द्रकुमारी दाहालले ५ मत प्राप्त गरेका छन् ।

झापा २ मा स्वतन्त्र चेतकुमार खनाल (६), जनसमाजवादी पार्टी नेपालका कृष्णप्रसाद गौतम (५), स्वतन्त्र कुमार भट्टराई (५), स्वतन्त्र राजकुमार तामाङ लामा (५), नेपाल विवेकशील पार्टी सन्तोष घिमिरे (४), नेपालका लागि नेपाली पार्टीका ज्ञानेन्द्रराज कार्की (३), नेपाली काँग्रेस (बी.पी.) नारायणबहादुर भारती (३),  नेपाल मजदुर किसान पार्टी महेन्द्र खायामली (२), स्वतन्त्र हेमराज दाहालले २ मत प्राप्त गरेका छन् । 

झापा ३ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवेन्द्र किशोर ढुङ्गाना  (८), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवीरमण भट्टराई (६), नेपाली कांग्रेस (बी.पी.) का भक्ति प्रसाद पनेरु (५), नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावाग (४), मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारी (३), राष्ट्रिय जनमुक्ति पार्टीका गजेन्द्र लिम्बू (२) र स्वतन्त्र प्रेमप्रसाद खनालले हामीलाई प्राप्त पछिल्लो जानकारी सम्म मत प्राप्त गरेका छैनन

झापा ४ मा जनता समाजवादी पार्टी, नेपालका हर्कराज राई (९),  नेपाली कांग्रेस (बी.पी.)  का दुर्गाप्रसाद घिमिरे (९), स्वतन्त्र  पूर्णकुमार लिम्बू (फेजुङ) (२),  राष्ट्रिय जनमुक्ति पार्टीका
मनकुमार ताप्मादेन (लिम्बु) (२) र स्वतन्त्रका लक्ष्मीनारायण खनालले २ मत प्राप्त गरेका छन् ।

झापा ५ मा तिर्थेश्वर चौधरी (९), स्वतन्त्र रोहितप्रसाद पौडेल (८), राष्ट्रिय जनमुक्ति पार्टी पदमबहादुर जवेगु (६), स्वतन्त्र रामचन्द्र बानियाँ (५), स्वतन्त्र शान्ता अधिकारी (४), स्वतन्त्र भेषराज भट्टराई (३) र स्वतन्त्र सिताराम पोखरेलले ३ मत प्राप्त गरेका छन् । यो विवरण एक घण्टा अगाडिको भएकाले हाल केही फरक पर्न सक्ने छ ।  

 

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर