Aamsanchar

ललितपुर २ मा तोसिमा कार्कीले अग्रता बढाउँदै

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

काठमाडौं – प्रतिनिधिसभा सदस्यतर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ मा २२ हजार ६ मतगणना गरिएको छ ।

अहिलेसम्मको मतगणनामा फराकिलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार तोसिमा कार्की अघि लागेकी छन् । उनले नौ हजार ४०३ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमृत खड्काले ६ हजार ६४३ मत ल्याएका छन् ।

यस्तै, सत्ता गठबन्धनकी साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)की नेत्री पम्फा भुसाल तीन हजार ६५० मतसहित तेस्रो स्थानमा छन् ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर