

झापा – झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् ।गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् ।२०७४ सालको निर्वाचनमा बानियाँले राजवंशीलाई हराएका थिए ।
Views: 187

