Aamsanchar

डोटी बाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित

Author Image
बिहिवार, मंसिर ८, २०७९

डोटी- डोटी क्षेत्र नम्बर १बाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार  आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी  ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर