Aamsanchar

मोरङ ६ मा डा. शेखर कोइरालाकाे फराकिलो अग्रता

Author Image
बिहिवार, मंसिर ८, २०७९

विराटनगर : प्रतिनिधि सभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिस्पर्धीलाई निक्कै पछाडि पारेका छन् ।

फराकिलो मतको अग्रता बनाउने क्रममा हालसम्म उनले २१ हजार ७४५ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबाबु पण्डितको १५ हजार ६७६ मत छ । पण्डितभन्दा कोइराला ६ हजार ६९ मतले अगाडि रहेका हुन् ।

यो क्षेत्रमा हालसम्म ५५ हजार ६३४ मतगणना भइसकेको छ । अब ३० हजार २०३ मत गणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार जम्मा ८५ हजार ८३७ मत खसेको थियो ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर