Aamsanchar

एमालेले १० लाखभन्दा बढी समानुपातिक मत पायाे, तेस्रोमा रास्वपाकाे ४ लाख ८४ हजार

Author Image
शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं – प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर