Aamsanchar

थापा र राई बने कार्तिक महिनाको सर्बोत्कृष्ट प्रहरी

Author Image
शुक्रवार, मंसिर ९, २०७९

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायव उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । \

विभागिय मुल्य(मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) ले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी नायव उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्नु भएको तथा प्रहरी निरीक्षक थापा ईलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा कार्यरत रही दमक १० बस्ने १५ बर्षीय दियुष श्रेष्ठ र उर्लाबारी-८ का ४२ बर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरुमा अभियुक्तहरुको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएकोले दुबै जनालाई कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ूकू स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)