Aamsanchar

ताप्लेजुङबाट चुनाव जितेलगत्तै योगेश भट्टराईले पाथीभरा माताको गरे दर्शन

Author Image
शुक्रवार, मंसिर ९, २०७९

झापा- नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराईले पाथीभरा माताको दर्शन गरेका छन् ।

शुक्रबार पार्टीका कार्यकर्तासहित भट्टराईले पाथीभरा मन्दिरका साथै त्यस क्षेत्रको यात्रा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले पाथीभरा पुगेको तस्विर सार्वजनिक गरेका छन् ।

हालै सम्पन्न निर्वाचनमा उनी २१ हजार ९४३ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७५३ मत पाएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर