माेरङ- नेपाली कांग्रेसका केदार कार्की मोरङ क्षेत्र नम्बर ६ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्कीले १०४४६ मत ल्याउँदा नेकपा एमालेका कृष्ण बस्नेत (पर्शुराम) ले ९२६६ मत प्राप्त गरे । निकटतम् प्रतिस्पर्धी बस्नेतलाई ११८० मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्की यो निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् ।
Views: 225

