Aamsanchar

६ मतान्तरले पराजित भएपछि ८ मतकाे हिसाब नमिलेको भन्दै कांग्रेसद्वारा पुनः मतदानकाे माग

Author Image
शुक्रवार, मंसिर ९, २०७९

स्याङ्जा – स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ ।

फेदीखोला गाउँपालिका वडा नं. ५ को मतगणनाको क्रममा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाकाे माग गरेकाे हो । यस क्षेत्रमा नेकपा एमालेका सुधिरकुमार पौडेल ६ मतान्तरले विजयी हुनुभएको थियो ।

कांग्रेसका नेता कार्यकर्ताले हराएको ८ मत खोज्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिएको कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना कुमारले जानकारी दिनुभयो । हामीले ८ मतको टुंगो नलागे सम्म अन्तिम नतिजा घोषणा नगर्न भनेका छौं, यदी त्यासो नगरिएमा हामी अदालत जान्छौं रानाले भन्नुभयो ।

अहिले स्याङ्जा सदरमुकाममा कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । यसैबीच मुचुल्का र मतगणनाको रेकर्ड रुजु गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा रानाले १७ हजार ४ सय ३५ मत ल्याउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 672

प्रतिक्रिया (०)

सम्बन्धित खबर