Aamsanchar

सरकार निर्माणका लागि गठबन्धन गर्नसक्ने रवि लामिछानेकाे संकेत

Author Image
शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार निर्माणका लागि गठबन्धन गर्नसक्ने संकेत गरेका छन्। जारी मतगणनाले सत्ता गठबन्धन र नेकपा एमाले दुवैको बहुमत नपुग्ने परिस्थिति बन्दै गएका बेला लामिछानेले यस्तो संकेत गरेका हुन्।

लामिछने नेतृत्वको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने समानुपातिक तर्फ ६ लाख मत कटाइसकेको छ।

‘हामीले चुनावमा कसैसँग तालमेल वा गठबन्धन गरेनौं, चितवन २ बाट विजयी लामिछानेले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै भने ‘भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन तयार छौं।’

उनले चितवनवासीले आफूलाई दिएको मतको सम्मान गर्दै काम गर्ने बताए।

Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर