Aamsanchar

हालसम्म १४९ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कित सिट पाए ?

Author Image
शनिवार, मंसिर १०, २०७९

काठमाडौं : १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबभन्दा बढी ४९ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले ३८ सिट जितेको छ। यस्तै माओवादी केन्द्रले १६ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थानमाजित हासिल गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, त्यस्तै जनता समाजवादी पार्टीले ५ सिट जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १\१ सिट हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवार सात सिटमा विजयी भएका छन्।

दोलखा, स्याङ्जा २ र बाजुराको मतगणना हुन बाँकी छ।

समानुपातिक तर्फको जारी मतगणनामा एमालेले १७ लाख ७७ हजार ६८१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ८१ हजार ६७० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ६० हजार, चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ४२ हजार तथा पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८९ हजार मत प्राप्त गरेका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार यिनै दलले मात्र ‘थ्रेसहोल्ड’ पार गरेका छन्। छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख १३ हजार मत प्राप्त गरेको छ।

प्रदेशसभा तर्फको समानुपातिक मत परिणाममा पनि मधेश र कर्णाली प्रदेशबाहेक अन्य प्रदेशमा एमाले नै अघि छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 625

प्रतिक्रिया (०)