Aamsanchar

रवि लामिछानेद्वारा चुनावी खर्च सार्वजनिक

Author Image
शनिवार, मंसिर १०, २०७९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका क्रममा आफूले ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ खर्च गरेको बताएका छन्। शनिवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै लामिछानेले आफ्नो चुनावी खर्चबारे जानकारी दिएका हुन्।

उनले आफ्नो विजयमा खुसियाली मनाउने कार्यक्रम सकिएको भन्दै आजैदेखि काममा लाग्ने बताएका छन्। आफू कार्यक्रमको उद्घाटन, आसनग्रहण  भाषण सहभागी नहुने तर एक जना प्रतिनिधि अनिवार्य  पठाउने उल्लेख गरेका छन्।

‘मिडियामा अन्तर्वार्ता दिने र पार्टीका नीति बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ’, उनले लेखेका छन्, ‘प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नु हुने छ।’  तर ४\४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन आफैँ उपस्थित हुने उनले बताएका छन्

उनले आफ्नो कार्यकालभर कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने घोषणा गरेका छन्।

Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर