झापा : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ ३९० मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २७ हजार २५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २६ हजार ८६६मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १२ सय ६३ मत प्राप्त गरेका छन्।

अब इलाम नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना हुन बाँकी रहेको छ। यसैविच इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार बस्नेतले १७ हजार ५०५ मत ल्याएका छन् ।
Views: 592

