Aamsanchar

बुद्धशान्तिमा ७० लाख अक्षय कोषको बर्खा स्मृति प्रतिष्ठान उद्घाटन

Author Image
शनिवार, मंसिर १०, २०७९

बुद्धशान्ति । आपत विपत मा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने गरि बुद्धशान्तिमा बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको छ । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा शनिबार रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रमका बिच उक्त प्रतिष्ठानको उद्घाटन गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष मदन कुमार प्रसाईँको अध्यक्षता, माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यता साथै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वमणी पोखरेल, लगायत विभिन्न सामाजिक व्यक्तिको उपस्थितिमा ५० लाख अक्षयकोष र २० लाख sfof{no व्यवस्थापन का लागि गरेर ७० लाख रुपैयाँमा प्रतिष्ठानको छुट्याइएको छ ।  

 २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का २०७२ सालमा बुद्धशान्ति कै समाजसेवी मदन प्रसाईँ सँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । तत्पश्चात् आप्रवासीहरूको क्षेत्रमा काम गर्ने संस्था आइवोएम मा जोडिएर कामको सिलसिलामा अमेरिकामा रहेकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यु भएको थियो । मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहेकी बर्खाको अल्पायुमै मृत्यु भएकोले उनकै सम्झनामा यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईँले जानकारी दिएका छन् । 

प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाईँ, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाईँ, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरूमा मनोज प्रसाईँ, धर्म कडरिया, प्रल्हाद खड्का र पवित्रा माया थापा खड्का रहेको बताइएको छ ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर