Aamsanchar

मत गणना अन्तिम चरणमा, अब १० क्षेत्र मात्र बाकी

Author Image
आइतवार, मंसिर ११, २०७९

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम अझै जारी छ। आइतबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५५ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।
माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका १० क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। ७ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ४ ठाउँमा अग्रता लिएको छ भने एमालेले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर