Aamsanchar

इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाललाई हराउँदै महेश बस्नेत निर्वाचित

Author Image
आइतवार, मंसिर ११, २०७९

इलाम- इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।  बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर