




झापा – डाका र जबरजस्ती करणी मुद्धामा फरार एक प्रतिबादी १२ वर्षपछि पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा साविक सुरुङ्गा गाविस वडा नं.४ हाल कन्काई नगरपालिका वडा नं.४ बस्ने ७७ वर्षिय धनपति ढुङ्गाना रहेका छन् ।

झापा जिल्ला अदालतको मिति २०६७ पुष १३ गतेको फैसला अनुसार डाका र जबरजस्ती करणी मुद्धामा ६ बर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो ।


झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





































Views: 198