Aamsanchar

यी १२ पार्टी, जसले समानुपातिकमा ५ हजार पनि पाएनन्

Author Image
मङ्गलवार, मंसिर १३, २०७९

काठमाडौं – समानुपातिककको जारी मतगणनामा विभिन्न १२ पार्टीले ५ हजार मत पनि कटाउन सकेका छैनन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा विवेकशील साझा पार्टीसहितका १२ दलले प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार मत कटाउन नसकेका हुन् । जसअनुसार पिछडावर्ग निषाद दलित जनजाती पार्टीले ४ हजार ३६, विवेकशील साझाले ३ हजार ८२४, नेकपा माओवादी समाजवादीले ३ हजार ५२७, एकीकृत शक्ति नेपालले ३ हजार २२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ९५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ९०, मौलिक जरोकिलो पार्टीले ३ हजार २८, जमलोपाले २ हजार ९३१, नेपाल समावेशी पार्टीले २ हजार ५१४, नेकपा परिवर्तनले १ हजार ९८२, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ८९७ र राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा कम १ हजार ८४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर