Aamsanchar

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत कटायो, एसलाई राष्ट्रिय दल बन्नै मुस्किल

Author Image
मङ्गलवार, मंसिर १३, २०७९

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत कटाएको छ। मंगलबार बिहानसम्म ९५ लाख ७३ हजार ७५ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।निर्वाचन आयोगको तथ्यांक अनुसार नेकपा एमालेले २५ लाख ८४ हजार १९२ मत ल्याएर पहिलो स्थान कायम गरेको छ। त्यसपश्चात नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११ लाख ६४७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७, जनता समाजवादी पार्टीले ३ लाख ५७ हजार ४६४ मत पाएका छन्।

यसैगरी जनमत पार्टीले २ लाख ९९ हजार ७८३, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ६४ हजार ४७२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ३७ हजार ७१६ मत ल्याएका छन्।

जनमत पार्टी थ्रेस होल्ड नजिक पुग्दा हालसम्म एकीकृत समाजवादी र लोसपाले थ्रेसहोल्ड कटाउन सकेका छैनन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर