Aamsanchar

सर्वोच्चको साइनबोर्डमा रातो रंग छ्याप्ने पक्राउ

Author Image
मङ्गलवार, मंसिर १३, २०७९

काठमाडौं : आफूमाथि घरेलु हिंसा भएको भन्दै बिनु यादवले सर्वोच्च अदालत अगाडि प्रर्दशन गरेकी छन्। रामेछाम गोठगाउका प्रदीप कठायतसँग प्रेम विवाहपछि सम्बन्ध बिच्छेद गरेकी यादवले न्यायको माग गर्दै सर्वोच्च अगाडि प्रर्दशन गरेकी हुन्।

मंगलबार बिहान यादवले सर्वोच्चको साइनबोर्डमा रातो रंग छ्यापेर बिरोध गरेकी हुन्। सर्वोच्च अदालतमा रंग छ्यापे लगत्तै यादव र उनको सहयोगी जश्मिन ओझालाई प्रहरीले पक्राउ गरेको हो।

बिनु र प्रदीपको केही महिना अघि जिल्ला अदालत रामेछापबाट सम्बन्ध बिच्छेद भएको थियो। यादवले जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको आरोप लगाउँदै आइरहेकी छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)