Aamsanchar

‘नेशनल लेडी एकेडेमीले वीरता लेडी जेसीज र बिर्तामोडको गौरव बढायो ’

Author Image
मङ्गलवार, मंसिर १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक नेपाल जेसीजले राष्ट्रिय कार्यक्रम नेशनल लेडी एकेडेमी सम्पन्न गरेको छ । वीरता लेडी जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा बिर्तामोडमा १५ औं नेशनल लेडी एकेडेमी सम्पन्न भएको हो ।

बिर्तामोडको सिद्धार्थ होटलमा आयोजित एक कार्यक्रमका बीच १५ औं नेशनल लेडी एकेडेमीको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले गरेका थिए ।

नेपाल जेसीजकी नेशनल लेडी एकेडेमी कोअर्डिनेटर ममता विष्ट डाँगीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले स्वागत गरेकी थिइन् । कानूनी सल्लाहकार हिमा पौड्यालले आस्था वाचन गरेको कार्यक्रममा कोषाध्यक्ष संगीता गिरीले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।

नेशनल लेडी एकेडेमी डाइरेक्टर कञ्चना ढकाल सिटौलाले औचित्यमाथि प्रकाश पार्दै महिलाको नेतृत्व र व्यक्तित्व विकास, उद्यमशीलतामा अग्रसरता र आपसी सद्भाव स्थापना गर्ने उद्देश्यले वीरता लेडी जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा बिर्तामोडमा १५ औं नेशनल लेडी एकेडेमीको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त मोहन ढुंगाना, कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल, क्षेत्र ‘क’ निरूपित राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला , वीरता जेसीजका अध्यक्ष प्रविण खड्कालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वक्ताहरूले नेशनल लेडी एकेडेमी बिर्तामोडमा आयोजना हुनुले बिर्तामोडको व्यवसायिक र आन्तरिक पर्यटनको प्रवर्द्धन भएको बताए । बिर्तामोडमा अहिले सम्म भएका राष्ट्रिय कार्यक्रम भन्दा जेसीजको नेशनल एकेडेमी भव्य र सव्य रहेको त्यसमा वीरता लेडी जेसीजले गरेको व्यवस्थापन पक्ष धेरै राम्रो रहेकोले नेशनल लेडी एकेडेमीले वीरता लेडी जेसीज र बिर्तामोडको गौरव बढाएको  बताएका थिए ।

नेशनल लेडी एकेडेमीमा नेपाल जेसीजका एक सय ७४ वटै शाखाका लेडी पदाधिकारीहरू सहित शाखा अध्यक्ष र पदाधिकारीहरूको सहभागिता रहेको थियो भने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीसहित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरूको सहभागिता रहेको थियो । नेशनल लेडी एकेडेमीमा नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल र उषा मल्ल सिंह ठकुरी, प्रकाश अधिकारी, महेश पौडेललगायतले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकास, व्यवसायिक सञ्जाल विस्तार, महिला सशक्तीकरण र

उद्यमशीलता , आपसी सम्बन्ध र सद्भाव विकास, जेसीज पहिचान सम्बन्धी विविध विषयमा तालिम प्रदान गरेका थिए ।

दुई दिन सम्म आयोजना भएको नेशनल लेडी एकेडेमीमा पहिलो दिन सहभागीलाई साँझ साहित्यकार खगेन्द्रा खुशी र सारेगम लिटल च्याम्म विजेता कृपा पौडेलले गीत, गजलबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै जिल्ला बाहिरबाट आएका सहभागीहरूलाई झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरू अर्जुनधारा, सालबारी लगायतको भ्रमण गराउनुका साथै र झापाको पहिचानका रुपमा रहेको भक्का परिकार खुवाइएको थियो । नेपाल जेसीजका क्षेत्र ‘क’ निरूपित राष्ट्रिय उपाध्यक्ष ९वीरता लेडी जेसीज ० कुमारसिंह साँवाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)