Aamsanchar

सुनको मूल्य आज

Author Image
बुधवार, मंसिर १४, २०७९

काठमाडौं : सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ।

यसअघि मं‌गलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० कायम गरिएको छ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२