Aamsanchar

लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीद्वारा पञ्चरत्नका विद्यार्थीहरूलाई कापी वितरण

Author Image
बुधवार, मंसिर १४, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको एक लायन्स क्लबले विद्यार्थीहरूलाई कापी र वाल क्लबलाई नगद हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आज (बुधबार) बिर्तामोड –२, चैतुबारी मा रहेको पञ्चरत्न माध्यमिक विद्यालयका छात्रछात्राहरूलाई एक कार्यक्रमका बिच ६ सय थान कापी र ५ हजार १ सय नगद हस्तान्तरण गरेको हो  ।

क्लबकी अध्यक्ष पार्वता गिरीको अध्यक्षता र बिर्तामोड –२ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यमा उक्त विद्यालयका विद्यार्थीहरूलाई कापी र वाल क्लबलाई नगद प्रदान गरिएको थियो ।

धेरैजसो विपन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई शिक्षा आर्जनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले यस वर्ष लायन्स क्लब डिस्ट्रिक्टले कापी वितरण कार्यक्रमलाई प्राथमिकता दिएको छ । सोही योजना अन्तरगत आज पञ्चरत्नमा कापी वितरण गरिएको क्लबकी अध्यक्ष पार्वता गिरीले बताइन । अझै ६ सय थान कपी रहेको र कुनै उपयुक्त विद्यालयमा लगत्तै हस्तान्तरण गरिने उनले बताइन ।

पञ्चरत्न सुगम ठाउँमा रहेको विद्यालय भएपनि शिक्षा लिनको लागि अतिविपन्न आदिवासी, मजदुरका छोरीछोरी पढ्न आउने एक विद्यालयको हो ।  विद्यालयमा सम्पूर्ण भौतिक पूर्वाधार बनि सकेको छ । तर यहाँका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले विद्यार्थीहरूले अन्य ठाउँका विद्यार्थी सरह पठन पाठन सामग्री पर्याप्त प्राप्त गर्न सकिरहेका छैनन् । सरकारले किताब निशुल्क प्रदान गर्दै आएको छ । तर नियमित पठनपाठन गर्न कापी कलमको अभाव विद्यार्थीवर्गमा रहेको अवस्था छ । लायन्स जस्ता सामाजिक संस्थाहरूले यस विद्यालयमा सहयोग गर्न सके यहाँका विद्यार्थीहरू पनि अन्यत्र विद्यालयका जस्तै अव्बल हुने थिए ।  यस्तो कार्यक्रमलाई निरन्तरता दिन विद्यालयका प्रधानाध्यापक योगेन्द्रमणि दाहालले लायन्स क्लब परिवार सँग आग्रह गरेका छन् ।

कार्यक्रममा लायन्स एरिया चिफ सत्यनारायण शर्मा, विद्यालयका सल्लाहकार धर्म लक्सम्वा, विद्यालयका अध्यक्ष पूर्व अध्यक्ष नगेन्द्र संग्रौला, अध्यक्ष भवानीप्रसाद ओली, क्लबकी संस्थापक अध्यक्ष लीला देवी मैनाली, पूर्व अध्यक्ष दुर्गा थपलिया, लायन्स क्लब अफ गोल्डेन ड्रिम्सकी उपाध्यक्ष दीपा ओली, महासचिव विनिता लामा, वाल अधिकारकर्मी सरोज पौडेललगायतले १ सय २० जना विद्यार्थीहरूलाई कापी वितरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन क्लबकी सचिव संगीता गिरीले गरेकी थिइन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)