Aamsanchar

११२ मतान्तरले सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

Author Image
बिहिवार, मंसिर १५, २०७९

सुनसरी :  सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुन्।

कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे।

स्याङजामा पनि नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाउँदा एमाले उम्मेदवार पदमा अर्यालले ३ हजार ४ सय ५५ मत पाएकी छिन्।

प्रदेशसभातर्फको गणनामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर