Aamsanchar

बैतडीमा २१ वर्षीया युवतीकाे घाँटी रेटेर हत्या

Author Image
बिहिवार, मंसिर १५, २०७९

धनगढी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरीटोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पठाइएको जानकारी दिए । एसएसपी रावलले घटनाको अनुसन्धान सफलतातर्फ उन्मुखभएको पनि बताएका छन् ।मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहापनि घाँटी रेटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मृतक माया म्यादी प्रहरी पनि भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए पछि उनी घर फर्किएकी थिइन् । मायाको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत एक युवकको संलग्न रहेको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनी हाल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।ती प्रहरी जवानको परिचय भने गोप्य राखिएको छ । अनुसन्धानपछि मात्र थप कुरा खुल्ने बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर