Aamsanchar

इनरह्वील क्लब बिर्तामोड मिडटाउनले अपाङ्गता भएका व्यक्तिहरूलाई दियो २५ थान ब्लाङकेट र चार थान हुइल चियर

Author Image
शनिवार, मंसिर १७, २०७९

बिर्तामोड । इनरह्वील  क्लव आफ बिर्तामोड मिट टाउनले ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवको दिन आज (शनिबार) अर्जुनधारा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्लाङकेट र हुइल चियर वितरण गरेको छ ।

अर्जुनधारा–७ मा रहेको पितृ स्मृति भवनमा एक कार्यक्रम आयोजना गरेर २५ थान ब्लाङकेट र चार थान हुइल चियर वितरण गरेको हो ।   सामाजिक कार्य गर्नकै लागि गठन भएको अन्तराष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको महिला हरूको संस्था हो इनरह्वील ।

अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजको संयोजनमा इनरह्वील ले कार्यक्रम गरेको थियो ।  कार्यक्रममा  अर्जुनधाराका विभिन्न ठाउँबाट आएका अपाङ्गता भएका व्यक्तिहरूले सहयोग सामाग्री लिएका थिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई इनरह्वीलकी अध्यक्ष सम्झना भण्डारीलगायतका पदाधिकारीहरूले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ बिर्तामोड मीड टाउनका पूर्व अध्यक्ष प्रशान्त भण्डारीले गरेका थिए ।

आजै इनरविल क्लब बिर्तामोड मिडटाउनको  स्पोन्सरमा  अर्जुनधारा इनरवील क्लबको गठन गरिएको छ ।

सुनिता खरेल प्रसाई को नेतृत्वमा इनरह्वील क्लव अफ अर्जुनधारा मिडटाउन गठन भएको हो । क्लवको भाइस प्रेसिडेन्टमा बन्दना भण्डारी, सेक्रेटरी प्रभा नेपाल, मिडिया इडिटर तारा श्रेष्ठ, आइएसओ मञ्जु चापागाई ,बोर्ड मेम्बरमा योगिता खपाङ्गी, राधा बुढाथोकी, आशा घिमिरे, रक्षा खड्का, पूर्णिमा सिटौला, उमा मेचे, पूजा संग्रौला, तुलसा प्रधान, कञ्चना काफ्ले, पुष्पा उप्रेती, कुमारी भण्डारी, लीलादेवी कटुवाल लगायत रहेका छन् ।
कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट सम्झना भण्डारीलगायतले नवगठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)