के भयो के भयो मलाई यो दिललाई के भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो ।

के के भयो जिन्दगीमा बुझ्न गाह्रो भयो
हराभरा बगैँचामा तिमी सँग भेट भयो ।
घर बनाउन तिमीबाट सहयोग भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो ।।

जहिले पनि जितेको ठान्छु तिमी सँग मैले
तिमीलाई सँधै खुसी बनाएर राख्नेछु मैले ।
यो दिलको घर थियो तिम्रो बास भयो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो ।।

सधैँभरि हाँसी खुसी बाँचौला म यही
रमाउला खुसी साथ सँधै भएर यही ।
हाँसी खुसी नै रहन्छ मेरो जिन्दगी यो
सानो सुन्दर घर मेरो नगएको धेरै भयो ।।

लेखक दिपायल सिलगढी न.पा.२ डोटी का हुँन ।
Views: 105

