Aamsanchar

आज स्वयंसेवा दिवस, स्वयंसेवा के हो ?

Author Image
सोमवार, मंसिर १९, २०७९

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२२ ले स्वयंसेवा मार्फत एकताको विषयलाई उजागर गर्दछ । यो अभियानले स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने हाम्रो सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्छ।

(UN) स्वयंसेवकहरू (UNV) कार्यक्रमले संयुक्त राष्ट्र स्वयंसेवकहरूको मात्र नभई विश्वभरका स्वयंसेवकहरूको अथक कामलाई पहिचान र प्रवर्द्धन गर्न वार्षिक रूपमा ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवी दिवस मनाउने गर्दछ ।

यस दिवसको महत्त्व
विश्वभरि बढ्दो असमानताले साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिएको छ । स्वयंसेवकहरू, ऐक्यबद्धता भएर विकास चुनौतीहरूको समाधान र साझा हितका लागि कटिबद्ध हुन्छन् । स्वयंसेवा त्यस स्वैच्छिकता हो जहाँ करुणाले निस्वार्थपना लाई भेट्छ। विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन आजको दिनले विश्वभरका स्वयंसेवकहरू लाई आव्हान पनि गर्दछ ।

स्वयंसेवा के हो ?
यस वर्ष संयुक्त राष्ट्र सङ्घले आफ्नो वेबसाइटमा स्वयंसेवालाई यसरी व्याख्या गरेको पाइयो । स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो । यस वर्षको नारा पनि  “Solidarity Through Volunteering” अर्थात् स्वयंसेवा मार्फत ऐक्यबद्धता भन्ने छ ।

नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभव कालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।

समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरू को ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।

औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवा
स्वयंसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडी, विदेश भ्रमणको सङ्ख्या अनि लगाएका बहुमूल्य वस्त्र भूषण मात्र हैन, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वयंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौँ तरु हामीबाट अरूले के सिके त रु अनि हामीले गर्दा कति जनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्त्वपूर्ण रहन्छ ।

धेरै स्वयंसेवी सस्थाहरु नेपालमा छन् जसले विना कुनै दातृ रकम समाजलाई निस्वार्थ सहयोग गरिरहेका छन् । स्वयंसेवाको भावमा रमाएको संसारमा आत्मसन्तुष्टि छ र सधैँ स्वयंसेवा गर्न नसके पनि समय(समयमा रक्तदान गरेर या कहीँ कतै वृद्धाश्रम या अनाथालयमा गएर आफूलाई आउने र सिप भएको कुरामा सहयोग गरौँ । एक दिन सँगै खाना या खाजा लगेर बाँडौँ, हाँस्न सिकाऔँ, आफू पनि हाँसौँ ।

सेवा नै धर्म हो अनि स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 404

प्रतिक्रिया (०)