Aamsanchar

प्रतियोगितात्मक गीता प्रश्नोत्तर कार्यक्रमको उपाधी माधव संस्कृतले हात पार्यो ।

Author Image
सोमवार, मंसिर १९, २०७९

झापा अर्जुनधारा ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर काशी(मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी विशिष्ट समाजसेवी व्यक्तित्व कोमल प्रसाद पोख्रेल रहनुभएको थियो ।

विभिन्न संघसंस्था , गुरुकुल प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रममा जम्मा ५ वटा गुरुकुलका १० जना विद्यार्थीको सहभागीता रहेको थियो ।

उक्त प्रतियोगितामा माधव संस्कृत विद्याश्रम सहरेडाँगीले प्रथम र द्वितीय स्थान हासिल गरेको हो ।

सप्तऋषी गुरुकुल अर्जुनधारा ९ तृतिय र हरिहर आश्रम बुट्टाबारीले सान्त्वना स्थान हासिल गरी विजेताले धार्मिक पुस्तक, नगद सहित प्रमाणपत्र प्राप्त गरि पुरस्कृत भएका थिए ।

विष्णुकुमार भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रमको स्वागत याम प्रसाद रिजालले गरेका थिए भए भने कार्यक्रम संचालन स्मृती समुहका सचिव गणेश भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजा र सूर्य भगवान संगको सम्बन्ध
बिहिवार, कार्तिक २२, २०८१
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१