Aamsanchar

सनुको मूल्य प्रतिताेला एक लाख नजिक

Author Image
सोमवार, मंसिर १९, २०७९

काठमाडौं – नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ ।

गत कारोबार दिन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको आज तोलामा ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२