Aamsanchar

विराट–अर्जुन सहकारीद्वारा पत्रकारसहित ८ जना सम्मानित  

Author Image
सोमवार, मंसिर १९, २०७९

बिर्तामोड । झापाली पत्रकार एभिन्युज टिभीका झापा संवाददाता सन्तोष न्यौपानेसहित ८ जनालाई विराट –अर्जुन उपभोक्ता सहकारीले सम्मान गरेको छ । वर्ष उत्कृष्ट पत्रकारको रुपमा पत्रकार न्यौपानेलाई आज बिर्तामोडमा आयोजित १३ औं वार्षिक साधारणसभामा सम्मान गरिएको हो । त्यस्तै बिर्तामोड –४ मा रहेको विराट –अर्जुन (साकोस) ले वर्ष उत्कृष्ट बाल बचतकर्ता सोभ्या उप्रेती, नियमित बचतकर्ता श्रवणकुमार नायक, उत्कृष्ट उद्यमी आशा खतिवडा, उत्कृष्ट बजार प्रतिनिधि मुना खड्का, उत्कृष्ट कर्मचारी भूमिका घिमिरेलाई सम्मान गरेको छ । सहकारीमा स्थापित स्व. नरमाया खरेल स्मृति शिक्षा कोषबाट दुईजना विद्यार्थीहरू विनोद किस्कु र दीपिका राजवंशीलाई पुरस्कार प्रदान गरिएको सदस्य सुमन शर्मा जमरकट्टेलले बताए ।

संस्थाका अध्यक्ष नवीन खरेको अध्यक्षतामा आयोजित साधारणसभामा झापा जिल्ला सहकारी सङ्घकी उपाध्यक्ष चम्पा खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चम्पा खनाल, बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका विवेक डाँगी, बिर्तामोड –४ का वडाध्यक्ष राहुल शर्मा, मोबाइल बैकिङ सेवाका प्रमुख लोकप्रिय खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसै अवसरमा सहकारीले इबैकिङ सेवा मोबाइल एप्लिकेशन (Mobile APP) पनि सार्वजनिक गरेको छ ।

संस्थाका उपाध्यक्ष यादवकुमार ओलीले स्वागत गरेको कार्यक्रम सचिव डिल्लीराम प्रसाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।

सयौँ सहकारी हरुको भिडमा भिन्नै र फरक प्रकृतिको सहकारी स्थापना गर्ने उद्देश्यले बिर्तामोडका युवा व्यवसायीहरूले २०६६ सालमा बिर्तामोड –४ मा स्थापना गरेको सहकारीले स्थापनाको छोटो समयमा विभिन्न वित्तिय कारोबार सेवाहरू ल्याएको छ । जस मध्य विराट सदस्य स्वास्थ्य राहत कोष, अनलाइन बिल भुक्तानी सुविधा, बचत कार्यक्रममा बाल बचत खाता, एकल महिला बचत, ज्येष्ठ नागरिक सम्मान खाता, क्रमिक ÷आवधिक बचत सुविधा ल्याएको छ । ऋण तर्फ व्यक्तिगत, संस्थागत, धितो कर्जा रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सहकारीको प्रगति समीक्षामा हाल सम्म १ हजार ५ सय ५० शेयर सदस्यहरू रहेको उल्लेख छ ।

आर्थिक अवस्थामा भने शेयर पुँजी १ करोड २२ लाख ३७ हजार ४००, संस्थागत शेयर रकम १३ लाख ६६ हजार, कोष हिसाब २९ लाख ७ हजार ८०१, बचत २ करोड ८९ लाख ७१ हजार ६१२, कर्जा लगानी ३ करोड ७२ लाख १६ हजार ५३२, संस्थाले ऋण लिएको रकम ४ लाख ६४ हजार ६८३ रहेको छ ।

कुल कारोबार भने ४ करोड ५८ लाख १८ हजार ८३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)