Aamsanchar

हरिकुलमा शिक्षा सेवी हरिकुमार प्रसाईँको सम्झनामा श्रद्धाञ्जली सभा 

Author Image
सोमवार, मंसिर १९, २०७९

बिर्तामोड । झापाका शिक्षा सेवी हरिकुमार प्रसाईँको निधन प्रति आज झापाका प्याब्सन झापा संग आवद्ध सबै निजी विद्यालयहरूले शोक बिदा गरेका थिए । कनकाई ३ सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले भने विद्यालयमा सीमित विद्यार्थीहरूलाई बोलाएर प्रसाईँको निधन प्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरेको छ ।

हरिकुलले आन्तरिक रुपमा विद्यलयमा आवशिय  रहेका विद्यार्थीहरुलाई उपस्थित गराएर स्वर्गीय प्रसाईँलाई सम्झिएर श्रद्धाञ्जलि सभा गरेको हो ।  उपस्थित विद्यार्थीहरू र सम्पूर्ण शिक्षकहरूले स्व. प्रसाईँको तस्वीरमा माल्यार्पण गरेर शोक व्यक्त गरेका थिए । शिक्षकहरूले शिक्षा सेवी प्रसाईँको बारेमा विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।

स्कुल बन्द गरेर शोक मनाउनु भन्दा स्कुल लगाएर शोक मनाउँदा दिवंगत व्यक्तिले शिक्षा र समाजका लागि गरेको योगदान नयाँ पुस्ताले जानकारी प्राप्त गर्ने भएकाले हरिकुल ले विद्यालयमा विद्यार्थी शिक्षकहरू लाई बोलाएर  स्वर्गीय हरिकुमार प्रसाईँ प्रति श्रद्धाञ्जली अर्पण गरेको विद्यालयका शिक्षक सन्दिप मरासिनीले बताए ।

हरिकुलले २ दिन स्कुलको झण्डा झुकाउने निर्णय गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)  का सदस्य एवम् न्यूटन्स एकेडेमी र एभरेस्ट स्मार्ट स्कुलका संस्थापक प्रिन्सिपल थिए स्व। हरिकुमार प्रसाईँ ।

झापा प्याब्सनको २०५५ साल माघ १० गतेदेखि २०६४ साल असोज १३ गतेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै प्याब्सन झापाका सल्लाहकार, केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सल्लाहकारसम्मको भूमिका निर्वाह गरेको तथा हाल प्याब्सन झापाको वरिष्ठ सल्लाहकार समेत रहेका थिए ।
२००८ साल मंसिर ४ गते माता लक्षिमा र पिता देवीप्रसादका साइला छोरा भई ताप्लेजुङको आठराई हांयां (हाङपाङ) हालको त्रिवेणी ३ मा उनको जन्म भएको थियो । उनले ४२ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 886

प्रतिक्रिया (०)