

काठमाण्डौ – जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा तीन-एकले हरायो ।

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
Views: 214

