Aamsanchar

नास्टद्वारा युवा वैज्ञानिकलाई १२ लाखसम्मको अनुसन्धान प्रस्ताव पेस गर्न आह्वान

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

काठमाडौं –नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोगका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

नास्टले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० देखि सञ्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न प्रस्ताव पेस गर्न भनेको हो ।

प्रस्ताव पेस गर्ने व्यक्ति ४० वर्ष उमेर ननाघेको हुने पर्नेछ । २१ दिन भित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव र आवेदन नास्ष्टको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित पठाउनु पर्नेछ ।

नास्टको सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने अनुसन्धान प्रस्तावहरू सोही प्रदेशमा कार्यरत युवा वैज्ञानिक प्राविधिज्ञबाट पेस भएमा त्यस्ता प्रस्तावहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२