Aamsanchar

वीरता लेडी जेसीजको आगामी नेतृत्वको जिम्मा संगीता गिरीलाई  

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

विर्तामोड । वीरता लेडी जेसीजको अध्यक्षमा संगिता गिरी चयन भएकी छन् । वीरता लेडीको हिजो सम्पन्न साधारणसभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा गिरी सर्वसम्मत रुपमा चयन भएकी हुन् । त्यस्तै गिरीको टिममा कार्यकारीणी उपाध्यक्षमा मेनुका ओली लोहनी र अर्चना खड्का राउत चयन भएकी अध्यक्ष संगीता चिमिरियाले आमसंचारलाई बताईन ।

जेसीजको पद हस्तान्तरण पस्चात मात्र नयाँ अध्यक्ष गिरीले कार्यभार सम्हाल्ने छिन् ।

त्यस्तै उपाध्यक्षहरुमा मुना ढुंगेल, प्रियङ्का उप्रेती, प्रभा राया कार्की र श्रेयासि चौधरी चयन भएकी छन् ।  साधारण सभाले सहसचिवमा कोपिला पोखरेल सिटौला, जनसम्पर्क अधिकारीमा रोजिना पाण्डे, तालिम संयोजकमा चन्द्रकला रिजाल भट्टराई र शाखा सम्पादकमा दिपा शिवाकोटी लुईटेललाई सर्वसम्मत चयन गरिएको छ ।

जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने पदहरु कानूनी सल्लाहाकार, महासचिव र कोषाध्यक्षमा समेत नवनिर्वाचित अध्यक्ष गिरीले हिजै मनोनयन गरेकी छन  । बर्ष सन २०२३ का लागि कानूनी सल्लाहाकारमा युनिता दवाडी, महासचिवमा निषा शाक्य र कोषाध्यक्षमा सुमित्रा बस्नेत भट्टराईलाई अध्यक्ष गिरीले मनोनित गरेकी हुन् ।

अध्यक्षमा चयन भएकी गिरी यस अघि वीरता लेडीको विभिन्न पदमा बसेर कुसलता पुर्वक आफ्नो जिम्मेवारी पुरा गरी सकेकी एक शसक्त जेसीज अभियन्ता हुन् । । सन २०२२ कै अध्यक्षको दाबेदार रहेकी गिरीले गतबर्ष सर्बसम्मत नेतृत्व चयनका लागि आफ्नो दाबी फिर्तालिएकी थिईन ।

जेसीजमा एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै बस्न पाउने व्यवस्था छ भने अंग्रेजी बर्ष अनुसार एक बर्षको कार्यकाल हुनेछ ।

वीरता लेडी जेसीजले यस बर्ष नेपाल जेसीजको उपाध्यक्ष पदका लागि पूर्व अध्यक्ष स्वस्तिका आचार्यलाई अघि सारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 190

प्रतिक्रिया (०)