Aamsanchar

रवीन्द्र मिश्रले निर्वाचन अवधिभर साढे २४ लाख रुपैयाँ खर्च गरे

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन खर्च सार्वजनिक गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उपाध्यक्ष मिश्रले निर्वाचन खर्च सार्वजनिक गरेका हुन्। उनले निर्वाचन अवधिभर साढे २४ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

‘हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौं क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोगसमक्ष पेश गरेको छु,’ उनले भनेका छन्, ‘मलाई यो उल्लेख गर्दा खुसी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रु २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ।’

मिश्रले पहिले जस्तै यसपटक पनि निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका थिए। निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाख तोकेको थियो। तर, उनले आफ्नो खातामा ३३ लाख सहयोग प्राप्त भएको उल्लेख गरेका छन्। मिश्रले निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार ’काठमाडौ‌ं क्षेत्र नं १ सरोकार कोष’ मा जाने बताएका छन्।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर