Aamsanchar

पोर्चुगल पठाइ दिने भनेर २७ लाख ठगी गरेको आरोपमा झापाका एक व्यक्ति पक्राउ

Author Image
मङ्गलवार, मंसिर २०, २०७९

काठमाडौं । पोर्चुगल पठाइदिने लोभमा पारेर ठगि धन्दा चलाउने एक व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीया सञ्जिव आचार्य रहेका छन् । उनले पोर्चुगल पठाइदिने भन्दै चार जनाबाट २७ लाख ठगेको आरोप लागेको छ ।

वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने र त्यँहा पुगेपछि प्रतिष्ठित कम्पनीमा फुड्स किपिङको काम लगाइदिने लोभ देखाएर आचार्यले लाखौँ रकम लिएको पीडितले बताएका छन् । रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।

प्रहरी टोलीले उनलाई आज भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि अभियुक्त आचार्यलाई वैदेशिक रोजगारी विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर