Aamsanchar

सुन तथा चाँदीको मूल्य

Author Image
बुधवार, मंसिर २१, २०७९

काठमाडौं – स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा सुन तथा चाँदीको मूल्य आज (बुधबार) स्थिर छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी पनि मंगलबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२