Aamsanchar

नेपालद्वारा स्कटल्यान्डसामु १२० रनको सामान्य लक्ष्य प्रस्तुत

Author Image
बिहिवार, मंसिर २२, २०७९

काठमाडौं – नामिबियामा जारी आईसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा बिहीबार नेपालले स्कटल्यान्डसामु १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ३५.३ ओभरमा सबै विकेट गुमाउनुअघि ११९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन जोड्नुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका ओपनर अर्जुन साउद ‘डक’ आउट हुँदा अर्का ओपनर आसिफ शेख एक रनमा पभेलियन फर्किएका थिए । यस्तै, ज्ञानेन्द्र मल्ल नौ, आरिफ शेख ६, हरिशंकर साह एक, गुल्सन झा पाँच रनमा आउट हुँदा सागर ढकाल एक रनमा अविजित रहे ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर