Aamsanchar

सुरुङ्गामा ‘द बिग सिफ्ट’ सेमिनारको तयारी अन्तिम चरणमा

Author Image
बिहिवार, मंसिर २२, २०७९


सुरुङ्गा । झापाको सुरुङ्गामा युवालाई लक्षित गरेर रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिकले संयुक्त रुपमा आयोजनामा द विग सिफ्ट सेमिनार आयोजना हुने भएको छ । कार्यक्रमको तयारी पुरा गरिसकिएको पत्रकार भेटघाटमा आयोजकले जानकारी गराएको छ ।

झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई अतिथि सदनमामा यस क्षेत्रका युवा पुस्तामा ‘लाइफ कोच’ का रूपमा परिचित मोटिभेसनल प्रशिक्षक सौनक भट्टले प्रशिक्षण प्रदान गर्ने रोट्याक्ट क्लवका अध्यक्ष रोशन साहले बताए ।

कार्यक्रम मंसिर २८ गते दिनको ११ बजे कनकाई अतिथि सदन सुरुङ्गामा गरिने तय भएको कार्यक्रम संयोजक दिपेश तिवारीले जानकारी दिए ।

सकारात्मक सोचको बिकाश गर्ने र सकारात्मक सोच सहितको कार्य क्षमता भएका युवा वर्ग हरु लाई सुसंस्कृत बनाइ समृद्ध राष्ट्र निर्माणमा सहभागी बन्न प्रेरित गर्ने उदेश्यले कनकाईमा यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था आइवाई डाइनामिकका अध्यक्ष अभिषेक मिश्रले बताए ।

खुल्ला सेमिनारमा झापा र झापा बाहिरका समेत युवा बिद्यार्थी हरुको सहभागिता रहने र कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र अन्य युवाहरुले यस सेमिनारबाट लाभ लिन सक्ने आयोजकले जनाएको छ ।

कनकाई नगर पालिका , झापा गाउपालिका , कनकाई नगरपालिका वडा नं. १ , ३ र ४ को सहयोगमा आयोजना गरिएको सेमिनारमा ७ सय भन्दा बडी युवा बिद्यार्थी हरुको सहभागिता रहन सक्ने अनुमान आयोजकले गरेको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील रोटर्याक क्लव र आईवाइ डाइनामिक सधैं आम नागरिकको सहयोगलेनै सफल बन्दै गरेको र फेरिपनि सबैको सहयोगले यो कार्यक्रम सफल हुने कुरामा आयोजक परिवार विस्वस्त रहेको रोटर्याकका उपाध्यक्ष प्रतापबाबु जम्मरकट्टेल र सचिव सारिका गिरीको भनाई छ ।

पत्रकार भेटघाटमा रोटरी क्लब सुरुङ्गाका अध्यक्ष खेम प्रसाईंले युवाहरुको सोचमा परिवर्तन ल्याइ समरात्मक उर्जा दिन सक्ने गरिको कार्यक्रम आयोजना गरेकोमा आयोजक परिवारलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सबै समक्ष सहयोगको अपिल गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)