Aamsanchar

बिर्तामोडमा सञ्चालनमा आयो पर्यटकमैत्री लयना बेष्ट्रो

Author Image
शुक्रवार, मंसिर २३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–५, सुगम पेट्रोलपम्प उत्तरमा पर्यटकमैत्री लयना बेष्ट्रो  (कफीसप ) संचालनमा आएको छ । आज  (शुक्रबार ) बाट औपचारिक रुपमा लयना बेष्ट्रो सञ्चालनमा आएको हो ।

बिर्तामोडका तिन जना युवाहरूले १ करोड ५० लाखको लगानीमा सञ्चालनमा ल्याएको लयना बेष्ट्रो नेपाली मौलिकता र नेपाली उत्पादनलाई प्रयोगमा ल्याएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक छेवाङ शेर्पाले बताए ।

विदेशी पर्यटकलाई लक्षित गरेर लयना बेष्ट्रोको डिजाइन गरिएको छ । ढुङ्गाको गारो ढुङ्गाकै खम्बा प्रयोग गरेर वातावरण सन्तुलन पार्ने प्रयास गरिएको छ । लयना बेष्ट्रोमा पुग्दा लाग्छ पोखरा लेकसाइड तिर पुगे जस्तो अनुभूत हुन्छ ।

छेवाङ शेर्पा, रिसब मित्तल र सन्जोग लिम्बुको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको लयना बेष्ट्रो बिर्तामोडमै फरक र आर्कशक कफीसप रहेको त्यहाँ पुगेका एक सेवाग्राहीले बताए । उनले भने कफी पारखीको लागि लयना बेष्ट्रो नै बिर्तामोडको राम्रो  स्थान हो । थाइ र चाइनिज परिवारलाई पनि लायना बेष्ट्रोले प्रस्तुत गरेको छ ।

Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२