Aamsanchar

आजको मौसम यस्तो

Author Image
शनिवार, मंसिर २४, २०७९

काठमाडौं : देशका पहाडी भू–भागमा शनिबार आंशिक बदली रहने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहनेछ।

यी प्रदेशमा बिहानैदेखि मौसम आंशिक बदली रहेको मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

मौसमविद् झाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणाली नभएकाले तत्काल हिमपात र वर्षाको सम्भावना छैन। चिसो भने क्रमिकरूपमा बढ्दै जानेछ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम  ६.८ मापन भएको विभागले जनाएको छ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२