Aamsanchar

सहारा नेपालको विश्वास परियोजनाले १० प्रकारको रोग निवारणमा काम गर्दै

Author Image
शनिवार, मंसिर २४, २०७९

चारपाने । झापाको बिर्तामोड –२, चारपानेमा रहेको सहारा नेपालले विश्वास परियोजना सञ्चालन गर्दै आएको छ । विगत एक वर्ष देखि सुरु भएको परियोजनाले नागरिकको स्वास्थ्य प्रति लक्षित रहेर काम गर्दै आएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहाराका अध्यक्ष भरत गिरीले बताए ।

विश्वास परियोजनाले झापाका विभिन्न पालिकाहरूलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको र परियोजना अन्तरगत नागरिक हितको लागि नेपालमा पाइएका १० वटा उपेक्षित उष्ण प्रदेशीय रोगहरूको निवारणको लागि काम गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

फेयरमेड फाउण्डेसन नेपालको सहयोग र सहाराको आयोजनामा मातृ शिशु स्याहार र अपाङ्गता भएका ब्यक्तिहरूको स्वास्थ्य सुधारमा काम हुँदै आएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले आमसंचारलाई बताए ।

विश्वास परियोजना अन्तरगत हाल झापाका कचनकवल, झापा, बाह्रदशी, हल्दीबारी गाउँपालिका त्यसैगरी भद्रपुर, बिर्तामोड, कनकाई, गौरादह र मेचीनगर नगरपालिकामा स्वास्थ्य सुधारको काम सुरु भएको बताईएको छ ।

परियोजनाको लक्ष तथा उद्देश्य अनुसार प्रदेश १ का लक्षित पालिकाहरूमा समुदायको स्वास्थ्य सुधारमा काम गर्ने रहेको छ ।

स्वास्थ्य सेवा प्रवाह गर्ने, स्वास्थ्यकर्मी र सम्बन्धित निकायको व्यवस्थापकीय क्षमता शुद्धिकरण गरी एकीकृत, समतामूलक र पारदर्शी स्वास्थ्य सेवा विस्तार गर्ने, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने, समुदायका व्यक्तिहरूको क्षमतामा वृद्धि गरि स्वास्थ्य सेवामा पहुँच बढाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विश्वास परियोजनाले कुष्ठरोग, हात्तीपाइले, जुकाहरू, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फित्ते जुका र खस्रे रोग निवारणको लागि काम गर्ने छ ।
विश्वमा कुष्ठरोगको अवस्थाको बारेमा तथ्याङ्क तयार पारिएको छ ।  विश्वका १३९ देशमा कुष्ठरोगीहरू रहेको छ । सन् २०२० मा विश्वभरि १२७ हजार ५५८ नयाँ रोगी रहेको विश्वास परियोजनाले प्रस्ट्याएको छ । नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा २१७३ नयाँ कुष्ठरोगी फेला परेको र झापामा सोही अवधीमा १२२ जना नयाँ कुष्ठ रोगीहरू रहेको जनाएको छ ।
त्यस्तै हात्तीपाइले रोगको अवस्थाको बारेमा विश्वास परियोजनाको अध्ययन अनुसार विश्वमा ७० भन्दा धेरै देशमा हात्तीपाइले रोग रहेको, त्यसबाट ८५.६ करोड मानिसहरू यस रोगको जोखिममा रहेका छन् । संसारभरिमा २ करोड ५० लाख मानिस (पुरुष) अण्डकोष सुन्निने, करिव १ रोड ५० जनामा खुट्टा तथा हात सुन्निने समस्यामा रहेको र नेपालमा ६४ वटा जिल्लामा २ करोड ५० लाख जना यस रोगको जोखिममा रहेको तथ्याङ्क उल्लेख गरिएको छ । झापामा २०७७/०७८ मा २२ जना नयाँ हात्तिपाईलेका विरामीहरु रहेको र हाल ६ जना उक्त रोगबाट पिडित रहेका छन् ।

विश्वास परियोजनाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम,मातृ शिशु स्वास्थ्य तथा उष्ण प्रदेशिय रोगहरूको बारेमा जोखिममा रहेका क्षेत्रहरुमा नागरिकमा सचेतना कार्यक्रम सञ्चलान गर्ने, स्थानीय स्वास्थ्य व्यवस्थापन समितिहरुलाई  क्षमता अभिवृद्धि  तालिम पैदान गर्ने, विद्यालयहरुमा सचेतना कार्यक्रम गर्ने, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि एनटीडी तालिम, महिला स्वास्थ्य स्वमसेविकाहरुलाई एनटीडी तालिम, जोखिम सम्भावित क्षेत्रहरुमा होडिङबोर्ड स्थापना तथा पभत्ते लेखन गर्ने, छाला शिविर कार्यक्रम, वर्थिक सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरको लागि क्षमता विकास कार्यक्रम, विपन्न परिवारलाई किटनासक झुल वितरण, वर्थिक सेन्टरका लागि आवस्यक सामाग्रीहरु सहयोग, डेंगी महामारी फैलिएको सामयमा स्थानीइ निकाय सँग सहकार्य गरि डेंगी रोकथाम कार्यक्रम, स्वाथ्य आमा समूह वैठकमा सहयोग, मिडिया सचेतना कार्यक्रम, पालिका तथा वडा स्तरिय सरसफाई समितिको गठन तथा पूर्नगठनमा र क्षमता अभिवृतिमा सहयोग गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने फियरमेड फाउण्डेशनका अनुगमन तथा कार्यक्रम गुणस्तर विशेषज्ञ वेदप्रकाश शर्माले बताए ।

विश्वास परियोजनाले लैंगिक संवेदनशिल क्षेत्रमा कायृक्रम तथा बजेट बनाउन क्षमता अभिवृति सम्बन्धी तालिम गोष्ठीहरु पनि सञ्चालन गर्ने छ । स्वास्थ्यकर्मीहरुलाई डीएचआइएस सम्बन्धि तालिम, नियमित कुष्ठरोगी तथा हात्तीपाइले रोगीहरू सँग भेटघाट तथा रेखदेख, एमडीए क्याम्पेनिङमा सहयोग, न्युनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन, कुष्ठरोगी तथा हात्तीपाइले रोगीहरुको मिलिजुली समूह गठन तथा आफ्नो हेरचाह सम्बन्धि तालिम, आय आर्जन सम्बन्धि तालिम तथा सहयोग र अपाङ्गता भएका व्यक्तिहरुलाई आवस्यक सामाग्री  हस्तान्तरण गर्ने कार्यक्रम पनि विश्वास परियोजनाका रहेको सहारा नेपालका पवनकुमार राईले बताए ।

सहारा नेपाल देश कै एक प्रतिष्ठित गैर–सरकारी संस्थाको हो । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर