मोरक्कोका प्रभावशाली खेलाडी कप्तान रोमान साइसले बुधबार हुने सेमिफाइनल खेल खेल्न नसक्ने सम्भावना प्रबल बनेको छ। पोर्चुगलविरुद्ध १–० ले विजयी खेलमा उनी घाईते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ।
सन् २०१६ को युरोकप विजेता पोर्चुगललाई शनिबार राती पराजित गरेको खेल सम्पन्न हुनु १३ मिनेटअघि उनले मैदान छोड्नु परेको थियो।
मैदान छोड्नु पर्दा उनी रुँदै स्टेचरमा बाहिरिएका थिए। इंग्ल्याण्डको उल्फ क्लबका यी ३२ वर्षीय डिफेन्डरलाई घुँडामा चोट लागेको छ। सेमिफाइनलअघि उनको चोटमा सुधार हुने सम्भावना कम देखिएको विभिन्न न्युज एजेन्सीहरुले बताएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 477