Aamsanchar

राप्रपाका ७ समानुपातिक सांसद यी हुन्

Author Image
आइतवार, मंसिर २५, २०७९

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो। समानुपातिकमा पशुपतिशमशेर राणा र  बुद्धिमान तामाङलाई पुरुषतर्फ राखिएको छ।

यस्तै महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन्। प्रत्यक्ष तर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि सातै सिट पाएको छ।

Views: 320

प्रतिक्रिया (०)