Aamsanchar

हल्दीबारी ४ मा हात्ती आतङ्क, भागदौडमा चारजना घाइते

Author Image
आइतवार, मंसिर २५, २०७९

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा शनिबार राती करिब २स्१५ बजे आएको जङ्गली हात्तीको आक्रमणमा परि ४ जना घाइते भएका छन् । हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्ती ले लखेटेर भागदौड हुँदा गौरादेवी पौडेल, नगेन्द्र पौडेल ,पार्वता देवी पौडेल र चेतन पौडेल घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ।

घाइतेहरुको मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय जय प्रकाश दाहालको अन्दाजी १ बिगाहाको धान पुर्ण रूपमा क्षति साथै खमारमा रहेको अन्दाजी १ बिगाहाको कुन्युको धान पुर्ण क्षति गरेको छ । त्यस्तै विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरछार गरेको स्थानीय प्रलाद सिलवालले जानकारी दिएका छन् । त्यसैगरी हात्तीले धन बहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ ।

दिनहुँ आउने हात्तीको कारण यो क्षेत्र का जनता समस्यामा परेका छन्।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर