Aamsanchar

कनकाईका तिम्सिना परिवारद्वारा राधिका फाउण्डेसनलाई १२ कठ्ठा जग्गा दान 

श्री मद भगवत कथा महायज्ञमा करिव ३० लाख संकलन 

Author Image
मङ्गलवार, मंसिर २७, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका –६ चम्पापुर मा राधिका फाउण्डेसनले आयोजना गरेको श्री मद भागवत कथा अनुष्ठानमा स्थानीय तिम्सिना परिवारले १२ कठ्ठा जग्गा दान गरेका छन् ।

पण्डित भीमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारको तर्फबाट राधिका फाउण्डेसनलाई उक्त जग्गा प्रदान गरिएको हो । त्यस्तै पण्डित केदारनाथ ढकालको परिवारले १ कठ्ठा र मुक्तिप्रसाद रिजालको परिवारले १० धुर जग्गा दान गरेको राधिका फाउण्डेसनकी अध्यक्ष राधिका दासीले जानकारी दिएकी छन् ।

‘पहिले संस्कार अनि संस्कार सहितको परोपकार’ भन्ने मूल मर्मका साथ स्थापना भएको राधिका फाउण्डेसनले सडक बालबालिकाको उद्धार गरि उनी हरूलाई लालनपालन, शिक्षा प्रदान गर्ने उद्देश्य राखेकोले उक्त उद्देश्यलाई सघाउ पुर्याउन बाह्रदशी –७ मा १२ कठ्ठा  जग्गा दान गरिएको तिम्सिना परिवारका सदस्य तथा अनुष्ठान संयोजक मुक्तिप्रसाद तिम्सिनाले बताए ।

फाउण्डेसनकी अध्यक्ष समेत रहेकी भागवत मञ्जरी राधिका दासीद्वारा  मंसिर २२ गते देखि २८ गते सम्म चम्पापुर स्कुलको प्राङ्गणमा प्रवचन सहित अनुष्ठान आयोजना भइरहेको छ ।  अनुष्ठानमा हालसम्म दाताहरूबाट करिव ३० लाख रुपैयाँ संकलन भइसकेको अनुष्ठान सचिवालयले जनाएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
25
+1
1
+1
0
+1
2
+1
0
+1
4
+1
2
Views: 4176

प्रतिक्रिया (०)