

सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेका छन् ।

जिल्लाको विदेह नगरपालिका वडा नम्बर–९ इटहर्वास्थित सीमा इलाकामा सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।


पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल धनुषाको मुख्यालयले जानकारी दिएको छ ।
Views: 198

